धनगढी। बैतडी समाज कैलालीद्धारा सामाजिक अगुवा तथा धनगढीमा बसोबास गर्ने बैतडेली बिच स्वागत् तथा भेटघाट कार्यक्रम सप्पन्न गरेको छ ।
आफ्नो स्थापना काल देखि समाज सेवाका विभिन्न कार्यहरू गर्दै आईरहेको बैतडी समाज कैलालीले धनगढीमा माओवादी केन्द्रको प्रदेश स्तरीय अधिबेशनको सिलसिलामा बैतडीबाट धनगढी आएका सामाजिक अगुवा र धनगढीमा बसोबास गर्ने बैतडेलिहरु बिच स्वागत तथा भेट्घाट कार्यक्रम गरेको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष श्री माया प्रकाश भट्टले समाजले गर्ने गरेका सामाजिक कार्यहरु माथी प्रकाश पार्दै सोको बारेमा जानकारी गराएका थिए। स्वागत् तथा भेटघाट कार्यक्रमले बैतडेलीहरु बिच बलियो एकता एवम् समग्र धनगढी बासिहरु बिच भाईचाराको सम्बन्ध स्थापित हुने र बिशुद्द मानविय सेवा गर्ने समाजको मुल उद्देश्य रहेको उनले जानकारी दिए ।
कार्यक्रममा थुप्रै नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो। उक्त कार्यक्रममा बोल्दै पुर्चौँडी नगरपालीकाका नगर प्रमुख रण बहादुर कुंवरले संसारको जुनसुकै कुनामा पनि बैतडेली भेट हुँदा आफ्नै किसिमको आत्मीयता, आनन्द र खुशी महसुस भएको बताए । साथै उनले समाजका लागि आफू र आफ्नो पार्टीको तर्फबाट हरेक किसिमको साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दै बैतडी समाज कैलालीलाई धन्यवाद दिए । प्रदेश सभा सदस्य रहेका प्रेम प्रकाश भट्टले समाजले यसैगरि समाजिक र मानविय सेवाको कार्य गर्दै समाजमा समन्वय कायम गरि छरिएर रहेका बैतडेलीहरुलाई भावनात्मक रुपले जोड्दै जानूपर्ने कुरामा जोड दिएका छन्। समाजका अगुवाहरुको बाक्लो उपस्थिति बिच सम्पन्न स्वागत् तथा भेटघाट कार्यक्रममा हिजो सम्पन्न क्षेत्रीय अधिबेशनमा बैतडीबाट चुनिएका प्रदेश सदस्यहरुले उक्त स्वागतका लागि हार्दिक आभार ब्यक्त गरेका छन्। बैतडी समाज कैलालीका कार्यसमिति सदस्य एवम् समाजको सचिवालय प्रमुख नव राज पन्तले यसैगरी बैतडीबाट थुप्रो जनसमुदाय धनगढी आएको मौका छोपी आगन्तुक हरुलाई स्वागत गर्दै समाजको परिचय एवम् समाजको महत्त्व र उद्देश्यका बारेमा समेत जानकारी गराइएको जानकारी दिए । समाजीक कार्यक्रमले समाजमा सहयोग पुग्ने धारणा ब्यक्त गर्दै उनले सबैमा धन्यवाद ब्यक्त गरेका छन् । ऋद्दिसिद्दी प्यालेशमा कार्यक्रम निकै भब्यताका साथ सुसम्पन्न भएको थियो ।