धनगढी, २९ : सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले कला र संस्कृति संरक्षण लाई पुर्वाधार विकास संग–संगै लैजानु पर्ने बताएका छन ।
राष्ट्रीय लोक तथा दोहरी प्रतिष्ठान नेपाल सुुदूरपश्चिम प्रदेशको दोश्रो साधारण सभामा बोल्दै मन्त्री सोडारीले भने–‘नेपालमा पश्चिमा संस्कृतिको विकास हुँदै गएको छ ,यस्लाई रोक्नु पर्छ, । हामीले हाम्रो संस्कृतिको संरक्षण गर्नु पर्ने भएको छ’ । ठुल–ठुला सडक,घर लाई मात्र विकास देखीने प्रवृतिले समस्या गरेको छ । नेपालको मौलिक कला संस्कृति संरक्षण लाई विकास निर्माणको गति संगै लैजानु पर्छ, ।
नेकपा (एकीकृत समाजवादी) सुंदूरपश्चिम प्रदेश संसदीय दलका नेता समेत रहेका सोडारीले नेपाली भाषाको उद्गम थलो कालि र कर्णाली विच डेउडा संस्कृतिलाई देशभर फैलाउनु पर्ने बताए । उनले भने–हाम्रो संस्कृती सामुहिक हो ।
कोरोनाले क्षतविक्षत बनायो । प्रतिस्ठानका अध्यक्ष पदम धामिको अध्यक्षतामा भएको कार्यक्रम मा शिक्षा बिद झन्कर बिष्ट, कलाकार हेम्न्ता शर्मा , लाल बहादुर थापा लगाएतकाले सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन प्रदेश सचीव सुर्यबिरही साउद ले संचालन गरेका थिए ।