धनगढी ३ भदौ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा लकडाउन गर्ने वा अन्य विकल्प रोज्नेबारे आज निर्णय गरिने भएको छ। समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेको भन्दै पुनः लस्टेटसेभन संवाददाताकडाउनको तयारी गरिएकोमा आज उप–महानगरपालिकाको कार्यपालिका बैठकले सो बारेमा निर्णय गर्ने जनाइएको छ।
धनगढी उप–महानगरपालिकाका मेयर नृप बहादुर वडले लकडाउन गर्ने वा अन्य विकल्प रोज्नेबारे आज निर्णय हुने बताए। विगतमा भारत तथा तेस्रो मुलुकबाट फर्किएका व्यक्तिमा मात्रै कोरोना देखिएकोमा अहिले आन्तरिक आन्तरिक ट्राभल हिस्ट्री मात्रै भएका व्यक्तिमा समेत संक्रमण देखिएकाले जोखिम बढेको मेयर वडले बताए ।
‘भारतबाट आउने क्रम जारी रहेको तर उनीहरुलाई राख्न क्वारेन्टिन नहुँदा झनै समस्या भएको भईरहेको छ । उप–महानगरपालिका स्रोतका अनुसार धनगढीमा १४ दिन लकडाउन गर्ने तयारी भईरहेको छ। समुदायस्तरमै कोरोना संक्रमित फेला परेको भन्दै वडा नम्वर ३ को कार्यालय १० गतेसम्मका लागि बन्द गरिएको छ भने अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरिएको छ। धनगढी उप–महानगरपालिकामा कोरोना संक्रमितको संख्या एक सय ४४ पुगेको छ ।