बाजुरा। बाजुरामा आमा र बुवाले दोस्रो बिहे गरेपछि दुइ भाइबहिनि शाहारा बिहिन बनेका छन । बाजुरा बुढिनन्दा नगरपालिका १ पिपलडालीका २ बालबालिका बुवा र आमाले अर्को बिहे गरेपछि साहारा बिहिन बनेका छन।
बुवा हर्क लुवारले पनि अर्को बिहे गरेका छन्, भने आमा रिठु लुवार अर्कै संग बिबाह गरि पछि ७ बर्षिया दिपिका लुवार र ४ बर्षका पुष्प लुवार साहारा बिहिन बनेका छन । उनिहरु बाजे जंगबिर ल्वार र बज्यै धिरु लुवार बुढा भएकोले उनलाई पालन पोषणमा समेत समस्या भएको उनका छिमेकी मनबिर बिकले बताएका छन । उनिहरु बाजे बज्यैको साहारमा रहेको भए पनि बिद्यालय समेत जान पाएका छैनन दिपिकाका बाजे जंगबिर ल्वारले भने। हलिया परिवारका उनिहरुको गास बासको समेत टुङुगो नभएको धिरु बिकले बताइन ।
बिहान खाए बेलुका के खाने बिहान खाए बेलुका के खाने भन्ने चिन्ता भएकोले नाबालकहरुलाई बिद्यालय पठाउन नसकेको धिरुले बताईन। मागेर वा दैनिक ज्यालादारी को रुपमा काम गरि जिबिको पार्जन गरिरहेका उनिहरुको लागि दैनिक खानाकै लागि पनि सम्भव नभएको धिरु ल्वारले बताएकी छन। उमेरले पनि ६५ बर्ष नाघिसकेका यी दम्पती न काम गर्न सक्छन् न कसैको घरबाट मागेर ल्याउन नै सक्छन।
उमेर भए त काम गरेरै भएपनि अर्काको घरमा गएर हलो जोतेर भए पनि सक्थे तर अहिले कुनै सम्भावना नरहेको जंगबिरले दुख ब्यक्त गरे ।दुबै बुढाबुढी लठ्ठीको सहारामा हिडंडुल गर्छन् । उनिहरुको उमेर ढल्केको भए पनि नाबालक नानीहरुको साहाराका लागि उनिहरु हार गुहार गरिरहेका छन । नाबालक नाती र नातिनीको भबिस्य खोज्दै गाउँ चाहारेका भए पनि उनिहरुको साहार नपाएको दुखेसो गरिरहेका छन । हर्क लुवार पनि अर्को बिहे गरेपछि सम्पर्क बिहिन बनेको स्थानियले वताएका छन् ।