बाजुरा। बाजुरामा एक गर्भवती महिलाको हवाई जहाज मार्फत उद्धार गरिएको छ। बाजुराको बुढिनन्दा–७ घर भएकी २६ वर्षिया शारदा कडारालाई हवाईजहाज मार्फत उद्धार गरेर नेपालगञ्न लगिएको हो।
शारदा कडारालाई अत्याधिक रक्तस्राब भएपछि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको समन्वयमा नेपालगञ्ज पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। शारदा तिन दिन पहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुगेकी थिइन्।
अत्याधिक रक्तस्राब भईरहेको र पाठेघरको मुख नखुलेका कारण उनको अवस्था निकै जोखीम रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा कार्यरत अनमि चन्दा दानिले बताईन। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा सुत्केरी गराउन सम्भव नभएको हुदाँ अन्यत्र लैजान आग्रह गरिएको थियो। उच्च रक्तस्राव भएकी कडाराको आर्थिक अवस्था कमजोर भएको हुदाँ प्रमुख जिल्ला अधिकारीले हवाइभाडाको व्यवस्था गरेपछि उनलाई नेपालगञ्ज लगिएको हो।