धनगढी २ भदौ, । सुदूरपश्चिम प्रदेशको अस्थाई मुकाम धनगढी मेडिकल हब बन्दै गएको छ । बिगत केही बर्षयता धनगढीमा धमाधम निजि अस्पताल खोल्ने क्रम बढेको छ । यसै बिच धनगढीमा नोभा अस्पतालपनि सञ्चालनमा आएको थियो । बिषेशज्ञ सेवा सहित सञ्चालनमा आएको नोभा अस्पतालले छोटो समयमै सेवाग्राहीको मन जित्न सफल भएको छ ।
नोभा अस्पतालमा अहिले मेडिसिन (पेट, छाती, र मुटु) सम्वन्धी डाक्टर रामचन्द्र पौड्ल, अर्थोपेडिक्स (हाडजोर्नी तथा नसा) डाक्टर गोकुल काफ्ले, बालरोग विशेषज्ञ डाक्टर दिल्लीप प्रसाद न्यौपाने, रेडियोलोजी अन्तर्गत डाक्टर प्रज्वल दाहाल र गाईनोलोजिष्ट अन्तर्गत डाक्टर अनिशाा अग्रवालले विरामीको सेवा दिईरहेका छन्। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला लगायत अन्यत्रबाट उपचारका लागि भारत जाने विरामीलाई अनुभवी विशेषज्ञहरुबाट अस्पतालले राम्रो सेवा दिएको छ । अस्पतालकी प्रबन्ध निर्देशक अनिता पन्तले सामान्य उपचार अभावमा कोही विरामी भारत जानु नपर्ने बताइन ।
विरामीको आवश्यकतालाई बुझेर अस्पतालले सेवा दिईदै आएको छ। अस्पतालमा उपचार गर्न आएका एकदमै गरिव भए त्यस्तो विरामीलाई अस्पतालले छुट दिर्दै आईरहेको पन्तले बताइन् । अस्पतालले अन्य विरामीको आर्थिक अवस्था हेरेर केही सहयोग गर्दै आईरहेको छ। सुविधा सम्पन्न तरिकाले विरामीको उपचारमा सेवा दिनका लागि अस्पताल प्रालीले आइसियुको छिट्टै व्यवस्था गर्ने योजना बनाएको छ। १५ शैया रहेको अस्पतालले विरामीको चाप बढेसँगै छिट्टै आफ्नै अस्पतालमा आइसीयुको व्यवस्था गर्ने योजना बनाएको हो। अस्पतालको यो सुबिधाबाट सेवाग्राहीपनि खुशी छन् । अस्पतालले दिने सबै सुबिधा र स्वास्थ्यकर्मीको ब्यवहारबाट सेवाग्राही निकै प्रभाबित बनेका छन् ।
अस्पतालमा चिकित्सकले बिरामीको निकै ख्याल राख्ने हुँदा नोभा अस्पताल बिरामीको रोजाईमा परेको छ । अस्पतालले दिने सेवा र अस्पतालको सरसफाई देखेर सेवाग्राही निकै खुशी छन् । पहिले सानो उपचारका लागी पनि छिमेकी मुलुक भारत र काठमाण्डौ जानु पर्ने बाध्यता अहिले हटेको सेवा ग्राहीले बताएका छन् ।
धनगढी अस्पताल लाइनमा रहेको नोभा अस्पतालले छोटो समयमा बिरामीको मन जित्न सफल भएको हो । अस्पतालले सामाजिक उत्तरदायित्व स्वरुप न्युन आय भएका बिरामीको उपचारमा केहि छुटको ब्यवस्था गदै आएको छ । अस्पताले अब थप सेवाका साथ अन्य स्वास्थ्य सेवा लाई प्रभावकारी रुपमा एउटै छानामुनी बाट दिने तयारी समेत गरेको छ । यसका लागी हाम्रो पनि शुभकामना छ ।