बाजुरा। बाजुरामा जीपको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु भएको छ । हिमाली गाउँपालिकाको धुलाचौरमा बुधबार जीपको ठक्करबाट दुई वर्षिय बालकको मृत्यु भएको हो।
हिमाली गाउँपालिका वडा नं ६ पाडीका विर्ख रोकायाका छोरा अंकित रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार साँझ जीपले ठक्कर दिर्दा घाइते बालकको उपचारको लागि ल्याउँदै गर्दा उनको मृत्यु भएको हो ।
सदुरपश्चिम प्रदेश ०१ ००१ ज ११६४ नम्वरको जिपले ठक्कर दिएको र गम्भीर अवस्थामा रहेका रोकायालाई थप उपचारका लागि कोल्टी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको बताइएको हो। जिप चालकलाई प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय कोल्टीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताउनुभयो। बाजुरामा एक साता दुर्घटनाबाट ४ जनाको मज्यान गएको प्रहरीले जनाएको छ ।