डोटी। दिपायल पुलबाट सेती नदीमा हाम फालेकी युवतीको शव १० दिन पछि फेला परेको छ। दिपायल सिलगढी नगरपालिका – ५ घोल्तडा नजिक नदीमा बगिरहेको अवस्थामा शव फेला परेको वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए।
दिपायल सिलगढी नगरपालिका – २ की २२ वर्षीय तुल्सी बोगटीले मंसिर १० गते पुलबाट हाम फालेकी थिइन् । शुक्रबार दिउँसो महिलाले पुलमाथिबाट एक्कासी हाम फालेको प्रहरीले जनाएको छ। उनको खोजीकार्यकालागि प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।