धनगढी। निसर्ग अस्पताल धनगढीले धनगढी उपमहानगरपालिका १२ जुगेडाकी फुटवल खेलाडी सपना थापाको निशुल्क उपचार गरिदिएको छ। थापा जुगेडामै रहेको मनकामना फुटबल ब्लवकी खेलाडी हुन ।
फुटबल खेल्ने क्रममा लडेर थापाको दाहीने हात भाँचिएको कैलाली जिल्ला फुटबल संघका कोषाअक्ष्य समेत रहेका मनकामना फुटबल क्लवका अध्यक्ष डबल थापाले बताए। खेलाडि थापाको दाहीने हातको नाडी माथीको हड्डी (Shaft of Radius Fracture) भाँचिएको हो ।
थापाको हातमा प्लेट र स्क्र (खुला रिडक्शन र प्लेटिङ ) राखीएको उपचारमा संलग्न हस्पिटलका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर श्रीराम खातीले बताए। हस्पिटलले बिपन्न परिवारलाइ छुट र आर्थिक अभाव भएकालाइ उपचारमा सहयोग गर्दै आएको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले जानकारी दिएका छन् ।