काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका छन्।स्रोतका अनुसार सोमबार साँझ एपीएफ अस्पताल बलम्बुमा उनी भर्ना भएका हुन्।
आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि एपीएफ अस्पताल भर्ना गरिएको थियो। त्यसको भोलिपल्ट जबराको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनी अस्पताल भर्ना भएका हुन् ।