कञ्चनपुर। नेपाली काँग्रेस कञ्चनपुरको नेतृत्व चयनका लागि मतगणना जारी रहेको छ। जिल्ला सभापतिका लागि बहादुरसिंह थापा र पदम बोगटीबीच कडा पतिस्पर्धा भइरहेको छ। एक हजार मत गणना मत गणना गर्दा रमेश लेखक समूहका बोगटीले ५ सय ११ मत पाएका छन्।
यस्तै एनपी साउद समूहका थापाले ६ सय ६४ मत पाएका छन्। सुरुवाती अग्रता थापाले गरेका थिए । त्यसपछि बोगटीले अग्रता लिएकोमा फेरी थापाले अग्रता लिरहेका छन् । जिल्लामा १ हजार ५ सय ७१ मत खसेको छ। कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका छन्।
हेर्नुहोस एक हजार मत गणनामा कसको कति मत ?
सभापति
पदम बोगटी-५११
बहादुर सिह थापा – ६६४
उपसभापति
मीन बहादुर सिह -५०२
हरिचन्द्र राना -४९५
शंकर बहादुर चन्द – ४८०
दिवाकर पाण्डे -४४६
सचिब
भिम राज भट्ट – ४६९
हेमराज ओझा -४६२
सिद्धराज भट्ट -४४६
जनक धामि -४४२
तर्क राज भट्ट – ८८
सह सचीव
नाफु सिह साँउद -४६४
पुस्कल चौधरी – ४४२
हरि प्रसाद अधिकारि-४०४
कबिराज भट्ट – ४१२
कलक बहादुर सिह -१८७