बैतडी। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा २६जना महाधिवेशन प्रतिनिधिहरु चयन भएका छन् । मंगलबार सम्पन्न भएको मतदानको शुक्रबार बिहान अन्तिम परिणाम आएको हो । महाधिवेशन प्रतिनिधिमा पनि सभापति चतुरबहादुर चन्द समूहकै वर्चस्व रहेको छ ।
२६ जना महाधिवेशन प्रतिनिधि मध्ये १६ जना चन्द समूहबाट विजयी भएका छन् । यस्तै शिवराज भट्ट समूहबाट १० जना विजयी भएका छन् । खुला सदस्यमा भट्ट समूहबाट केशवबहादुर चन्द ६२४, हरिमोहन भण्डारी ५८१, उत्तरबहादुर ऐर ५६३, कर्णसिंह साउँद ५४९, दीपकबहादुर बम ५४४ र कृष्णसिंह नायक ५२३ विजयी भएका छन् । यस्तै चन्द समूहबाट दिनेशप्रसाद भट्ट ६१३,लोकराज अवस्थी ५५३, दिनेशबहादुर चन्द ५४७ र नरेन्द्रसिंह थापा ५२१ मत सहित विजयी भएका छन् ।
खुला महिला सदस्यमा चारै जना चन्द समूहबाट विजयी भएका छन् । पुनम पाल बम ५४८ जानकी भट्ट ५१४, तुलसी ठगुन्ना ५०१ र मीना चन्द ४९२ मत ल्याएर विजयी भएका छन्। यस्तै खस आर्य पुरुष तर्फ चन्द समूहका ३ जना र भट्ट समूहका २ जना विजयी भएका छन् । चन्द समूहबाट दिपेन्द्र बम६०६, सुरेन्द्रसिंह ऐर ५०६ र नरेन्द्रप्रसाद भट्ट ५०० मत ल्याएर विजयी भएका छन् । यस्तै भट्ट समूहबाट तेजबहादुर चन्द ५४३र कपील केसी ५२५मत ल्याएर विजयी भएका छन्। यस्तै खस आर्य महिला तर्फ भट्ट समूहका २ जना र चन्द समूहका २ जना विजयी भएका छन् । भट्ट समूहका कान्ता चन्द शाही ६०१ र सरस्वती कोली ५६२ मत ल्याएर विजयी भएका छन् । यस्तै चन्द समूहबाट कौशिला चन्द ६२५ र लक्ष्मी शाह चन्द ५४७ मत ल्याएर विजयी भएका छन्। यस्तै अपांगताबाट चन्द समूहकै ईश्वरीदत्त भट्ट ६०८ मत ल्याएर विजयी भए भने दलित समूहबाट चन्द समूहकै सुरत पार्की ६२७ मत ल्याएर विजयी भए ।आदीवासी जनजातिबाट चन्द समूहकै किरणकुमार राई निर्विरोध निर्वाचित भएका छन् । यसअघि जिल्ला पदाधिकारीमा एकजना उपसभापति बाहेक सबै पदमा चन्द समूह विजयी भएको छ ।