धनगढी। नेकपा माओवादी केन्द्र कैलालीको गोदावरी नगर सम्मेलनकालागि तयारी सकिएको छ। मंसिर १० गते दिउसो १२ बजे नगर सम्मेलन गर्ने गरि मुल आयोजक समिति गठन गरिएको छ।
नगर सम्मेलनका लागि पार्टीको जिल्ला कमिटी सदस्य तथा गोदावरी नगर संयोजस धर्म कुवरको संयोजकत्वमा १६५ सदस्यीय मुल आयोजक समिती गठन गरिएको छ। सम्मेलन सप्पन्न गर्न विभिन्न उप समिती गठन गरिएको छ। सम्मेलनको आर्थिक समिति संयोजकमा धर्म कुवर, स्वमसेवक समितिको सयोजकमा कृष्ण खड्का छन्।
यस्तै प्रतिबेदन लेखनको सयोजकमा उद्दब भट्टराई, मञ्च ब्यस्थापन समिति संयोजक तुलसी जोसि, अतिथी सत्कार संयोजस जानकी जेठारा रहेका छन्। कार्यक्रमको प्रमुख अतिथि पार्टीका प्रदेश इन्चार्ज खगराज भट्ट रहने नगर कमिटी संयोजक धर्म कुवरले जानकारी दिए । कार्यक्रम अत्तरियाको खोटो कम्पनि हलमा आयोजना गरिएको उनले बताए ।