डोटी। नेपाली कांग्रेस डोटीको पार्टी सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ। निर्वाचन आज बिहान हुने निर्वाचन आयोगले जनाएको छ।
दोस्रो चरणमा नरेन्द्रबहादुर सिंह र भूमिराज बडूबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। पहिलो चरणमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणमा निर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार पहिलो चरणको निर्वाचनबाट सभापति पदका उम्मेदवार सिंहले ३५८ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी बडुले ३४२ मत, प्रदीपकुमार देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका थिए । पहिलो चरणको मतदानमा एक हजार ८५ मत खसेको थियो । अब हुने दोस्रो चरणको निर्वाचन देउवाले जसलाई समर्थन गर्छन्, उनैले जित्ने देखिन्छ ।