धनगढी : गरिमा बिकास बैकं धनगढी साखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैकंको १५ औँ बार्षिकोत्सवको अवशरमा बैकंले धनगढीको चौराहा स्थित साखाको प्रागंणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको बैकंका धनगढी साखा प्रमुख यादव पन्तले जानकारी दिए ।
बैकंको केन्द्रिय क्यालेण्डर अनुसार सामाजिक सेवा स्वरुप रक्तदान कार्यक्रम आयोजना गरेको पन्तले जानकारी दिए । बैकं कर्मचारी संगै बिभिन्न क्षेत्रमा आबद्ध सामाजिक ब्यक्तीहरुले रगत दान गरी पुण्य काम गरेको भन्दै उनले सबैलाई धन्यबाद ब्यक्त गरेका छन् ।