कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनबाट गोपी प्रसाद उपाध्याय क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मत गणना अनुसार उनले २६७ मत प्राप्त गरेका छन् । उनका निकटमप्रतिद्वन्द्वी हरि चन्द ठकुरीले २२९ मत मात्रै प्राप्त गरेका हुन् ।
त्यस्तै सचिवमा ३४७ मत सहित बिसराम राना र २७३ मत सहित पदम बहादुर रोकाया निर्वाचित भएका छन् । सचिव पदका निकटतम प्रतिद्वन्द्वी हरि प्रसाद भट्टले २२१ मत मात्रै प्राप्त गरे । सहसचिव पदमा २७० मत सहित सुरेन्द्र राना र २६० मत सहित हर्क बहादुर बिष्ट (हार्दिक) निर्वाचित भएका छन् । सहसचिव पदका निकटतम प्रतिद्वन्द्वी तीर्थराज उपाध्यायले २१४ र जयबहादुर कुँवरले १८७ मत मात्रै प्राप्त गरेका हुन् ।
यस्तै नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं २ को सभापतिमा लाल बहादुर सिंह निर्वाचित भएका छन् । आज सार्वजनिक गरिएको मत परिणाम अनुसार सिंह ३४१ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । उनका निकटमप्रतिद्वन्द्वी नबराज जोशीले १५७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।भने नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को सभापतिमा केशबहादुर चन्द निर्वाचित भएका छन् ।