धनगढी। धनगढी ४ चटकपुरमा रहेको सिपि अस्पताल प्रालिले नाक कान घाँटीको सेवामा निशुल्क ओपीडी परामर्श दिने भएको छ। बिगत बर्ष देखी सुदुरपश्चिम प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सिपी अस्पताल प्रालीले मंसिर १२ देखि २० सम्म नाक कान घाँटीको सेवामा निशुल्क ओपीडी परामर्श गर्ने अस्पतालका निर्देशक विकास मौनीले जानकारी दिए।
यस्का साथै सिपी अस्पताल प्रालीले बिशेषज्ञ चिकित्सकद्धारा परामर्श अन्य जाँच परिक्षण र उपचार विशेष छुटको ब्यवस्था रहेको अस्पतालका निर्देशक मौनीले जानकारी दिएका छन् । कन्सलटेन्ट, इ.एन.टी. सर्जन डा.कोलाज कट्टेलले नाक, कान र घाँटी रोगको निशुल्क ओपिडी परामर्श दिइन लागेको निर्देशक मौनीको भनाई छ। अन्य जाँच परीक्षण र उपचारमा विशेष छुट रहेको छ। अस्पतालले विशेषज्ञ चिकित्सकद्वारा सेवा तथा परामर्श दिदै आएको हो। अस्पतालले विशेषज्ञ चिकित्सकद्वारा सेवा सहित परामर्श दिइने हुँदा आम बिरामी तथा सेवाग्राहीहरुले यस्को लाभ लिन अनुरोध समेत गरेको छ।