धनगढी। कैलालीको चुरे गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वडा सम्मेलन सम्पन्न गरिएका छन् । नेकपा माओवादी केन्द्र चुरे गाउँपालिका सचीव टेकेन्द्र बमका अनुसार वडा नम्बर १,२,५ र वडा नम्बर ६ मा वडा सम्मेलन सम्पन्न गरि अध्यक्ष चयन गरिएको हो।
चुरे गाउँपालिका सचीव बमका अनुसार नेकपा (माओवादी केन्द्र) चुरे गाउँपालिका वडा नम्बर १ को प्रथम वडा सम्मेलनबाट तिलक सिजालि मगर अध्यक्षमा निर्वाचित भएका छन् । सिजालि मगरको अध्यक्षतामा २९ सदस्यीय वडा समिति निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा माइकल बिक,कोषाध्यक्षमा कमला बोहरा, सचीवमा गगन धामी,सह सचीवमा खडक साउद लगायत अन्य सदस्य निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) चुरे गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा धन्जय बुढामगर निर्वाचित भएका छन् ।
उपाध्यक्षमा मान बहादुर बोहरा, सचिवमा सर्बजित तरामी, सह सचीव कमल लामीछाने, कोषाअध्यक्षमा हिरा साउद लगायत अन्य सदस्यमा चयन भएका छन् । यस्तै चुरे गाउँपालिका नेकपा माओवादी केन्द्र वडा नम्बर ५ को अध्यक्षमा प्रेम देबकोटा निर्वाचित भएका छन्। उपाध्यक्षमा नर बहादुर रानामगर, सचीवमा जानकी दमाई, सह सचीव रतिभान धामी, कोषाध्यक्षमा नर बहादुर रोकामगर निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र चुरे गाउँपालिका वडा नम्बर ६ को वडा सम्मेलनबाट अध्यक्षमा खडक रोकाया निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्मला सोप, सचीवमा गजेन्द्र शाह, सह सचीवमा लोक बहादुर ठाडामगर, कोषाध्यक्षमा नवीन साउद लगायत सदस्य निर्वाचित भएको चुरे गाउँपालिका सचीव टेकेन्द्र बमले जानकारी दिए ।