धनगढी : नेकपा माओवादी केन्द्रले कैलालीको गोदावरी नगरपालिकाका ९ वटा वडामा सर्बसम्मत नेतृत्व चयन गरेको छ । १२ वटा वडा रहेको गोदावरीमा ९ वडाको नेतृत्व चयन गरिसकेको माओवादी केन्द्र कैलाली जिल्ला कमिटि सदस्य तथा गोदावरी नगर संयोजक धर्म कुँवरले जानकारी दिए ।
नगरको वडा नम्बर १ मा कासी बिष्ट, २ मा अर्जुन बोहरा, ३ मा गगन चुनारा, ४ मा मनोहर कुँवर, ५ मा अमृत चौधरी, ६ मा कृष्ण खड्का, ७ मा कृष्ण नेपाली, ८ मा राम प्रशाद चौधरी र ९ मा हर्ष चौधरी निर्बिरोध अध्यक्षमा निर्वाचित भएका छन् । पार्टीले २९ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ ।
गोदावरीका अन्य ३ वडामा उद्घाटन सत्र सम्पन्न भइसकेको तर समय अभावका कारण बन्दसत्र अर्को दिन गर्ने गरी स्थगित गरिएको नगर संयोजक कुँवरले जानकारी दिए । यस्तै ११ गते हुन नगर अधिवेशनका लागी नगर प्रतिनिधीपनि छनौट गरिएका छन् ।
नगर प्रतिनिधीमा वडा नम्बर १ बाट १८ जना, २ बाट २३, ३ बाट १०, ४ बाट ९, ५ बाट १४, ६ बाट १८, ७ बाट १५, ८ बाट १४ जना र ९ बाट २२ जना नगर प्रतिनिधी छनौट गरिएको कुँवरले बताएका छन् ।