धनगढी :नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र धनगढी उप महानगरपालिका वडा नम्बर ११ को अध्यक्षमा गंगाराम राना निर्बिरोध निर्वाचित भएका छन् । माओवादी केन्द्रको प्रथम वडा भेलाबाट राना अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै वडा कमिटि उपाध्यक्षमा इन्द्र बहादूर बिक, सचिवमा दिपेन्द्र भण्डारी, सह सचिवमा लक्ष्मी परियार र कोषाध्यक्षमा पदम जोशी निर्वाचित भएका हुन् । भेलाले आजै ३१ सदस्यीय वडा कमिटि समेत गठन गरेको हो ।
धनगढी ११ बेलामा आयोजित भेलाको उद्घाटन माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य रमेश धामीले गरेका थिए । कार्यक्रममा माओवादी केन्द्र कैलाली जिल्ला कमिटि सदस्य रमेश भट्राई लगायत जिल्ला तथा स्थानिय नेताहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै जिल्ला कमिटि सदस्य भट्टराइले देशमा सबै खाले परिवर्तन ल्याउने माओवादी मात्रै भएको बताए । काग्रेंस देखी एमालेले बिभिन्न आन्दोलनमा मान्छेका घाँटी रेटेको बिर्षेर माओवादीलाई आतंककारीको सज्ञां दिइरहेको भन्दै उनले आक्रोस ब्यक्त गरे । माओवादीले ल्याएको ब्यवस्थामा अरु राज गरिरहेको भन्दै उनले अब माओवादीनै पहिलो पार्टी बनेर देश चलाउने दावी गरे ।
गणतन्त्र स्थापना देखी संघियता ल्याउने, धर्म निरपेक्षता, समावेसीता ल्याउने माओवादीनै भएपनि बिभिन्न सडयन्त्र गरेर काग्रेंस र एमालेले माओवादीकै साहारामा सत्ता चलाइरहेको उनले बताए ।