धनगढी। नेपाली कांग्रेसको १४ औं महाँधिवेसन अन्तरगत शुक्रबार देखि भएको पालिका अधिवेसन अन्तरगत कैलालीका ८ वटा प्रदेश क्षेत्रमा सभापति चयन भएका छन् । नेपाली कांग्रेस कैलालीका महाँधिवेसन प्रचारप्रसार समिति सभापति नृप सुनारका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन क्षेत्र (ख ) मा बलिराम चौधरी सर्वसहमत चयन भएका छन ।
१ को निर्वाचन क्षेत्र (क) मा सर्वसहमतका लागि प्रयास जारी रहेको काँग्रेसले जनाएको छ। यसैगरी क्षेत्र नम्बर २ को (क) क्षेत्रमा भीम जैशी र (ख) मा तेजप्रकाश मल्ल निर्वाचित भएका छन् । काँग्रेस कैलालीका प्रचार प्रसार समितिका संयोजक सुनारका अुनसार निर्वाचन क्षेत्र नम्बर ३ को (क) मा रामप्रकाश चौधरी र (ख ) मा कमलराज चौधरी निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा काशिराम शर्मा र (ख) क्षेत्रमा गोपाल दत्त भट्ट निर्वाचित भएका प्रचार प्रसार समिति संयोजक सुनारले बताए । यस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (ख ) मा सभापतिका लागि ४ जना आकांक्षी रहेका छन् । शनिबार बिहानसम्म सर्वसहमतको प्रयास जारी रहेकोमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को २ मा काँग्रेस प्रदेश सभापतिमा केशव जोशी सर्वसम्मत भएका छन्।
४ जना आकांक्षी रहेको उक्त क्षेत्रबाट शनिबार बिहान जोशी सवैसम्मत भएको काँग्रेस कैलालीका प्रचार प्रसार समितिका संयोजक नृप सुनारले बताए। उनका अनुसार ५ को २ मा जोशीसहित रुपेश स्वार, धर्म उपाध्याय र मानबहादुर चौधरी सभापतिका आकांक्षी रहेका थिए। यस्तै उक्त क्षेत्रको उपसभापतिमा अरुण सिंह र बेद अवस्थी सर्वसम्मत भएका छन्। सचिवमा कलेन्द्र शाही र राजबहादुर ऐर, सहसचिवमा दुर्गा जोशी र राजेन्द्र रैका सर्वसम्मत भएका छन्। कैलाली क्षेत्र नम्बर ५ को (क) मा भने दुई जना मात्रै आकांक्षी छन्। त्यहाँ सीताराम राना र कुम्भ गिरीबीच सर्वसहमतको प्रयास जारी छ। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा काँग्रेस प्रदेश सभापतिकालागि शुक्रबारदेखि सुरु भएको प्रदेश अधिवेशन अझै सकिएको छैन। शनिबार बिहानसम्म पनि सर्वसहमतको प्रयास जारी रहेको काँग्रेस कैलालीका प्रचार प्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिएका छन्।