धनगढी। नेपाली कांग्रेस प्रदेश सभा कैलाली क्षेत्र नम्बर ४ ‘ख’ को सभापतिमा गोपाल दत्त भट्ट पुरै प्यानल सहित निर्वाचित भएका छन ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शुक्रबार भएको प्रदेश सभा निर्वाचनमा भट्टले प्रतिद्धन्दी हेम प्रकाश मल्ललाई ९८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन । भट्टले १७६ मत ल्याउँदा मल्लले ७८ मत ल्याएका थिए ।
त्यस्तै भट्ट प्यानलबाट उप सभापतिमा धनीराम पनेरु र पदम बहादुर बडैला बिजयी भएका छन । पनेरु र बडैला क्रमशः १७९ र १६९ मत ल्याउँदै बिजयी भएका हुन । उनीहरुका प्रतिद्धन्दी भोजराज जोशी ७८ मत र डबल बहादुर शाहले ८३ मत मात्रै ल्याउन सके ।सचिव पदमा पनि भट्ट प्यानलबाटै जयराज पाठक र काशीनाथ अबस्थी निर्वाचित भएका छन।
उनीहरुले क्रमश १७६ र १७५ मत ल्याउँदै विजयी भएका हुन । उनका प्रतिद्धन्दी खगेन्द्र प्रशाद ओझा ७६ मत र दुर्गादेवी कडायत ७९ मत ल्याएका थिए। सह सचिबमा पनि भट्ट प्यानलकै हंश बुढा र लक्ष्मण राज पन्त क्रमशः १७७ र १७८ मत ल्याउँदै विजयी भएका छन । उनका प्रतिद्धन्दी योगेन्द्र राज मल्ल र गंगा कुमारी मल्ल (राबल) ले क्रमशः ७८ र ७६ मत ल्याएका थिए । प्रदेश महाधिवेशन प्रतिनिधि पुरुष खुल्ला तर्फ ७ जना पनि भट्ट प्यानलबाट बिजयी भएका छन । जसमा दिर्घ बहादुर देउवा १७५ मत, डम्बर सिह कडायत १८१ मत, दल बहादुर खड्का १८० मत, हर्क बहादुर शाह १७८ मत, प्रेम बहादुर सुर्जामगर १८३ मत, हेमराज ओझा १७८ मत, धनबहादुर खडायत १७८ मत ल्याई विजयी भएका छन।
त्यस्तै भट्ट प्यानलबाटै महिला खुल्ला तर्फ जानकी पाल १७८ मत, राधिका देवी जोशी १७७ मत, निर्मला देवी ओझा १७७ मत लाई विजयी भएका छन। खसआर्य तर्फ प्रभाकर भण्डारी १७९ मत, मनिराम न्यौन्याल १७२ मत, खसआर्य महिलातर्फ सिता देवी ऐर १७७ मत, आदिवासी जनजाती तर्फ ठक्कर बहादुर मगर १८०, दलित तर्फ उदय सार्की १७० मत, थारु तर्फ हरिराम चौधरी १७४ मत र समावेशी तर्फ श्याम ठाकुर १७३ मत ल्याउदै विजयी भएका छन । प्रदेश ख का लागि २ सय ७० जना मतदाता रहेकोमा २ सय ६५ मत खसेको थियो ।