बैतडी। बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा भब्य जात्रा सम्पन्न भएको छ । बिहिवारबाट शुरु भएको जात्रा आज शुक्रवार सम्पन्न भएको हो।
बिहिवार कार्तिक शुक्ल चतुर्दशीका दिन राती रतेडी जात्रा लागेकोमा शुक्रवार पुर्णीमाका दिन भब्य रुपमा दिउसेडी जात्रा सम्पन्न भएको मेलौली नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुरत सिह नेगीले जानकारी दिए।
बिभिन्न भाकल गरेका भक्तजनहरुले मेलौली भगवतीलाई जात्राको समयमा रांगा तथा बोकाहरुको बली समेत चढाउने गरेका छन् । यो जात्रामा पनी ५८ रांगा तथा ५३ बोकाको बली चढाईएको वडा अध्यक्ष नेगीले बताए।
पुर्णीमाका दिन लाग्ने जात्रामा सुदुरपश्चिमका बिभिन्न जिल्लाहरु ल्गायत भारतबाट समेत दर्शनार्थीहरु जात्रा भर्न यहाँ पुग्ने गर्दछन्। शक्तीशाली देवीका रुपमा रहेकी मेलौली भगवतीको मन्दिरमा लाग्ने जात्रा ब्यापार ब्यवसायका लागी पनी प्रसिद्ध रहेको छ । जात्राको उपलक्ष्यमा मेलौली नगरपालिकाले बिहिवार र शुक्रवार गरी २ दिन सार्वजनिक बिदा समेत दिएको थियो ।