धनगढी : नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय उद्घाटन गरेका छन् । अध्यक्ष नेपालले बिहिबार एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेका हुन्।
तत्कालिन एमाले तथा नेपाल कम्युनिस्ट पार्टीको कार्यालय रहेको भवनमा एकीकृत समाजवादीले बिहीबार प्रादेशिक कार्यालयको उद्घाटन गरेको हो। धनगढीमा रहेको भाडाको भवनमा एकीकृत समाजवादीले प्रादेशिक र कैलाली जिल्ला पार्टी कार्यालय सञ्चालन गर्ने भएको हो।
कार्यक्रममा पार्टी उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुशाल, केन्द्रिय सचिव तथा प्रदेश ईन्चार्ज गरिमा शाह, स्थाई कमिटि सदस्य भानुभक्त जोशी, पोलिटब्युरो सदस्यहरु, केन्द्रिय सदस्य,सुदूरपश्चिका मन्त्री तथा प्रदेशका नेतासहित कार्यकर्ताहरुको सहभागिता रहेको थियो।