धनगढी। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कैलालीमा पाँच वटा पालिकाको अधिवेशन सम्पन्न भएको छ ।
१३ वटा पालिका रहेको कैलालीमा काँग्रेसको गाउँ तथा नगर अधिवेशन कार्तिक ३० गतेदेखि सुरु भएको थियो। नेपाली काँग्रेस कैलाली प्रचार–प्रसार समितिका अनुसार हालसम्म तीन वटा पालिकामा सर्वसम्मत र दुई वटा पालिकामा निर्वाचन मार्फत नेतृत्व चयन भएको छ।
जसमा धनगढी उपमहानगरपालिकाको नगर सभापतिमा यज्ञराज उपाध्याय, जानकी गाउँपालिका सभापतिमा गणेशराज रेग्मी, कैलाली गाउँपालिका सभापतिमा कृष्णप्रसाद चौधरी, बर्दगोरिया गाउँपालिका सभापतिमा कृष्ण विष्ट र मोहन्याल गाउँपालिका सभापतिमा कमलबहादुर साउद चयन भएको प्रचार-प्रसार समिति संयोजक नृप सुनारले जानकारी दिए। बाँकी पालिकामा नेतृत्वको चयन पक्रिया जारी रहेको उनले जानकारी दिएका छन्।