धनगढी : नेकपा माओवादी केन्द्रले वडा देखी केन्द्रसम्मको अधिवेशनका कार्य तिब्र रुपमा अगाडी बढाएको छ । यसै अनुरुप कैलालीको गोदावरी नगरपालिकामापनि अधिवेशनको तयारी तिब्र भएको छ ।
माओवादी केन्द्र गोदावरी नगरपालिकामा मंसिर ४ गते वडा र ११ गते नगर अधिवेशन हुन लागेको पार्टीका कैलाली जिल्ला कमिटि सदस्य तथा गोदावरी नगर संयोजक धर्म कुँवरले जानकारी दिए । अधिवेशनका लागी मेखराज भट्टको नेतृत्वमा टिम परिचालन भइसकेको कुँवरले बताए ।
१० जना संगठित सदस्य बराबर १ जना नगर प्रतिनिधि चुन्न मिल्ने माओवादी केन्द्रको बिधानमा उल्लेख छ । सोही अनुसार वडाबाट प्रतिनिधी छानिएर नगर अधिवेशन हुने कुँवरले बताए । बिगतको तुलनामा गोदावरी नगरमा अहिले माओवादी केन्द्रप्रतिको लगाव बढ्दै गएको समेत कुँवरले दावी गरे ।