धनगढी : नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल को धनगढी उप महानगर कमिटि गठन भएको छ । जोन तामाङको अध्यक्षामा ६५ सदस्यीय उप महानगर कमिटि गठन गरिएको युवा संघ नेपालका सचिवालय सदस्य तथा कैलाली सह ईन्चार्ज ओम बिक्रम चन्दले जानकारी दिए ।
संघको पिपुल्स भोल्युन्टियर संयोजकमा योगेन्द्र नाथ र सचिबमा सुरज धामीलाई चयन गरिएको छ । आज एक कार्यक्रमका बिच उप महानगर कमिटि निर्माण गरिएको हो । युवा संघ नेपालका सचिवालय सदस्य तथा कैलाली सह ईन्चार्ज ओम बिक्रम चन्दको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि युवा संघ नेपालका सचिव तथा केन्द्रिय कार्यालय प्रमुख नरेश गिरि रहेका थिए ।
यस्तै केन्द्रिय कमिटी सचिब एवं सुदुरपस्चिम प्रदेश अध्यक्ष बाबुराजा श्रेस्ठ बिषिस्ट अतिथि रहेका थिए भने, केन्द्रिय स्थायी कमिटी सदस्य एवं कैलाली जिल्ला इन्चार्ज राजु बम, केन्द्रिय सचिवालय सदस्य द्वय मोहन साउँद र बबि सोडारी अतिथि रहेका थिए ।