धनगढी। वाई वाई यु-१९ अन्तर्गतको सुदुरपश्चिम प्रादेशीक छनोट क्रिकेट प्रतियोगितामा कैलाली समुह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ ।सेमिफाइनल समीकरण पूरा भएसँगै अन्तिम चारमा पुग्ने सबै टोलीको टुंगा लागेको छ।
समूह ‘ए’ बाट विजेता बन्दै कञ्चनपुर र उपविजेता हुँदै अछाम सेमिफाइनल पुग्यो भने समूह ‘बी को बिजेता बन्दै कैलाली र उपविजेता बन्दै बैतडी अन्तिम चारमा पुगेको छ। अब कञ्चनपुरस्थित कभर्डहल मैदानमा कञ्चनपुर र बैतडी भिड्दा, खुलामञ्च मैदानमा कैलाली र अछाम फाइलनका लागि प्रतिस्प्रर्धा गर्नेछन्। आजको खेलमा कैलालीले तेस्रो जित निकालेको छ।
बैतडी विरुद्द टस जित्दै ब्याटिङ्ग रोजेको कैलालीले निर्धारित ४० ओभरमा ब्याटिङ्ग गर्दै ९ विकेट गुमाएर २४३ रन जोड्न सफल भएको थियो।कैलालीका लागी बसन्त सिँह कार्कीले ६२ रन बनाए भने अर्जुन साउदले ३८ रन , सङीत बुढाथोकीले २८ रन र कप्तान नारायण जोशीले २३ रनको योगदान दिएका थिए।जवाफी ब्याटिङ गर्दै बैतडीले २७.१ओभरमा सबै विकेट गुमाउदै ६३ रनमा समेटियो । बलिङ तर्फ कैलालीका शेर मल्ल र नरेन साउदले ३/३ विकेट लिए भने नागराज सिंहले २ विकेट लिए । आजको खेलको प्लयेर अफ दि म्याच कैलालीका बसन्त सिँह कार्की भए ।