बाजुरा। नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बुढिनन्दा नगरपालिका उप प्रमुख श्रृष्टी रेग्मीले नेकपा एमालेको जिल्ला कमिटि सदस्य बाट राजिनामा दिएकी छन । उनले एक विज्ञप्ती जारी गर्दै नेकपा एमालेको पछिल्लो राजननितक घटना क्रमले नेकपा एमालेको जिल्ला कमिटिको सदस्यमा बसेर काम गरि रहन औचित्य नभएको भन्दै उनले राजिनामा दिएकी छन।
विज्ञप्तीमा पछिल्लो राजनितिक घटनाक्रम र परिवेशमा जिल्ला कमिटीको सदस्यमा बस्ने कुनै हैसियत नभएकाले सदस्य पदबाट राजिमाना दिएको उल्लेख छ। सोमबार विहान नेकपा एमालेको दशौं महाधिवेशनका लागि प्रतिनिधी चयनपछि असन्तुष्ट जनाउदै रेग्मीले राजिनामा दिएको हुनसक्ने आँकलन गरिएको छ । रेग्मी नेकपा एमालेबाट निर्वाचित बुढीनन्दा नगरपालिका उपप्रमुख समेत रहेकी छन् ।
पार्टीको दशौं महाधिवेशनमा मनोमानी रुपमा पार्टीका शिर्ष नेताहरुले आफु अनुकुलमा नेताहरुलाई महाधिवेशन प्रतिनिधी बनाएकाले रेग्मीले पार्टीको जिल्ला कमिटी सदस्यबाट राजिमा दिएको बताइएको छ। पार्टी विधी विधान भन्दा पनि केन्द्रीय नेताहरु अनुकुलका महाधिवेशन प्रतिनिधी चयन गरेको एमालेका नेता तथा कार्यकर्ताहरुले विरोध तथा असन्तुष्टी जनाउन थालेका छन्।