धनगढी : सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको उपमहानगर सचिवका लागी युवा नेता डण्डीराज सुवेदीले उम्मेदवारी घोषणा गरेका छन् । धनगढी उप महानगरपालिका वडा नम्बर ६ का वडा निबर्तमान वडा सभापति समेत रहेका सुवेदीले उप महानगरपालिका कार्यसमितिको सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।
बिभिन्न सामाजिक क्षेत्रमा सक्रिय सुवेदी करिब २० बर्षदेखी काग्रेंसको राजनितिमा सक्रिय छन् । बिभिन्न क्षेत्रमा युवाहरुले अवशर प्राप्त गरिरहेका बेला सुवेदीले धनगढी उपमहानगर कार्यसमितिको सचिवका लागी उम्मेदवारी घोषणा गरेका हुन् ।
राजनितिमा सबैसंग नजिक रहेको र राजनितिमा लागेर गरेको कामको मुल्याकंन गरेर आफु उप महानगर कार्य समितिको सचिवमा निर्वाचित हुने सुवेदीले बिश्वास ब्यक्त गरे । आफु उप महानगर सचिवमा निर्वाचित भए पार्टीलाई एकढिक्का बनाएर थप मजबुत बनाउने उनको भनाई छ ।