धनगढी। विप्लव’ नेतृत्वको ३० गतेको नेपाल बन्दमा केदारबाबाको दर्शन गर्न जानेकालागि सवारीसाधनमा अनिवार्य व्यानर टाँस्नुपर्ने शर्त गरिएको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धिको विरोधमा कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ। ठुलाकेदार बाबाको पुजा तथा मेलालाई मध्य नजर गर्दै कैलाली ,डडेलधुरा र डोटि जिल्ला पाटीको निर्णय अनुसार अनिवार्य व्यानर टाँस्नुपर्ने शर्त गरिएको हो।
ठुलाकेदार मेलालाई संचालन गर्न र सम्पुर्ण तिर्थालु भत्तजनहरूको मागलाई सम्बोदन गर्दै ३० गतेको बन्दलाई केदारबाबाको दर्शन गर्न जानेकालागि बन्द सो शर्त अनुसार खोलिएको पार्टीले जनाएको छ। बडिकेदार नेकपा ईन्चार्ज लक्ष्मण ताडीले केदार बाबाको दर्शनकालागि बस,जिप र मोटरसाईकलमा अनिवार्य व्यानर टासेर जानुपर्ने जानकारी दिए। साथै उनले अन्य बन्दका कार्यक्रमहरू यथाबत रहेको उनले बताएका छन्।