धनगढी। राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा धर्मराज जोशी चयन भएका छन्। आइतबार धनगढीमा आयोजना गरिएको प्रदेश अधिवेशनबाट जोशीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पूर्णबहादुर चन्दका अनुसार अध्यक्षका अर्का आकांक्षी गणेशबहादुर चन्दको अध्यक्षतामा ७ सदस्यीय विशेष समिति पनि गठन गरिएको छ । विशेष समिति र २५ सदस्यीय कार्यसमितिले आपसी सहमतिका आधारमा प्रदेश कमिटिका पदाधिकारी चयन गर्ने चन्दले जानकारी दिए ।