धनगढी। धनगढी उपमहानगपालीका १ को वडा अधिवेशनबाट वडा सभापतिमा प्रकाश बिस्ट चयन भएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेसको वडा अधिवेशनबाट बिस्ट सभापतिवडा कार्यसमिति ३२ जना तथा क्षेत्रिय प्रतिनिधिबाट ३८ जना विभिन्न कलस्टरबाट सबै महिला सहित क्षेत्रिय प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्।यस्तै निर्वाचित प्रणालीबाट १४ जना पुरुष क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएको जनाइएको छ। यस्तै महिला खुल्ला तर्फबाट क्षेत्रिय प्रतिनिधीमा जागृती बोगटी निर्वाचित भएकी छिन्।महिला खुल्ला तर्फमा बोगटी सहित वडा समिति तथा क्षेत्रिय समितिको पुरै महिलाटीम निर्विरोध निर्वाचित भएका हुन्।
निर्विरोध निर्वाचित भएपछि प्रतिक्रीया दिदै क्षेत्रिय प्रतिनिधी जागृती बोगटीले महिला खुल्ला तर्फबाट नेपाली काँग्रेसको क्षेत्रिय प्रतिनिधीमा निर्विरोध निर्वाचित गराउनु हुने नेपाली काँग्रेसका सम्पूर्ण क्रियासिल सदस्यहरु हार्दिक कृतज्ञता सहित आभार व्यक्त गरेकी छिन् ।
साथै वडा समिति तथा क्षेत्रिय समितिको पुरै महिलाटीम साथीहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना दिएकी छिन्। सर्बसम्मत निर्वाचित भएपछि प्रतिक्रीया दिदै क्षेत्रिय प्रतिनिधी बोगटीले जनताप्रती सधै उत्तरदायी र सबैको सल्लाह सुझाब समन्वय, सहकार्य, अपेक्षा, चाहाना अनुसार काम गर्ने बोगटीले बिश्वास दिलाइन् । वडा बासीलाई परेको समस्यामा सहयोग गर्न जुनसुकै समयमा पनी आफु काम गर्न तयार रहने समेत उनले प्रतिबद्धता ब्यक्त गरेकी छिन् ।