धनगढी। कैलालीको गौरीगंगा नगरपालीका वडा नम्बर १ को वडा सभापतीमा डबल दियाकोटी सर्बसम्मत चयन भएका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेसको वडा अधिवेशनबाट कैलालीको गौरीगंगा नगरपालीका वडा नम्बर १ को वडा सभापतीमा दियाकोटी सहित २७ जना वडा कार्यसमिति निर्वाचित भएका हुन्।
गौरीगंगा नगरपालीकाको वडा नम्बर १ को सभापतीमा डबल दियाकोटी सर्बसम्मत रुपमा वडा सभापतिमा निर्वाचित भएको नेपाली कांग्रेस कैलालीले जनाएको छ । यस्तै उपाध्यक्षमा राम चौधरी, सुमित्रा शाही चयन भएका छन् । यस्तै सचिबमा खेम ढुङ्गाना, सत्य राज जोशी, सह सचिबमा जगदिश चौधरी, तुल बहादुर बुढामगर लगायत सदस्यहरु सर्बसम्मत रुपमा निर्वाचित भएका छन् । सर्बसम्मत चयन भएपछि प्रतिक्रीया दिदै वडा सभापती दियाकोटीले सर्बसम्मत रुपमा आफुलाई वडा सभापतीमा सहमतीको आधारमा बिजयी गराउने सबैलाई हार्दिक धन्यवाद ब्यक्त गरेका छन् । उनले भने,-जसरी मलाई वडा सभापतीमा जिताएर अगाडी बढाउनु भएकोमा गौरीगँगा नगरपालीका वडा नम्बर १ का जनताप्रती सधै उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता पनी ब्यक्त गर्छु।
साथै, बिपक्षीमा रहेका साथीहरुलाई सहमती, सहकार्य, सल्लाह सुझाब अनुसार अघि बढ्ने सभापती दियाकोटीको भनाई छ। उनले पाएको जिम्मेबारीमा सबैको सल्लाह सुझाब अनुसार राम्रो सँग काम गर्ने वडा बासीलाई बिश्वास दिलाए। वडा बासीलाई परेको समस्यामा सहयोग गर्न जुनसुकै समयमा पनी आफु काम गर्न तयार रहने समेत उनले बताए । साथै सबैपक्षसँग समन्वय, सहकार्य, सबैको अपेक्षा, चाहाना, भावना अनुसार सल्लाह, सुभाब सहित अगाडी बढ्ने सभापती दियाकोटीले बताएका छन्।