धनगढी। कैलालीको टिकापुर नगरपालीकामा पुर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकहरुको घर दैलोमा नै गई कोरोना विरुद्धको खोप लगाइएको छ।
कर्डएड, लुथरन बिश्व फेडरेसन नेपाल,दिगो बिकास समाज भजनी र सर्वाङिण अपांगता बिकास समाज नेपालको संयुक्त साझेदारी, टिकापुर नगरपालिका स्वास्थ्य शाखा ,महिला बालबालिका तथा समाज कल्याण उप शाखाको समन्वयमा पुर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकलाई कोरोना विरुद्धको खोप तथा सहायक सामग्री नापजाँच बितरण गरिएको हो ।
टिकापुर नगरपालिकाका ०९ वडामा सफलता पुर्वक सम्पन्न गरि २०० जना भन्दा बढीलाई सेवा दिने लक्ष्य रहेको उक्त कार्यक्रमका प्राबिधिक सहजकर्ता नन्दराज भट्टले जानकारी दिए। ५ दिन ९ वडामा निरन्तर अभियान संचालन हुने र गरि करिब २५० जना अपांगता भएका नागरिक, एकल महिला र जेष्ठ नागरिक लाभान्वित हुने उनले बताएका छन् ।
उक्त खोप अभियानको मिति २०७८ कात्तिक २६ गते(शुक्रबार)का दिन टीकापुर नगरपालिका कार्यालयका महिला बालबालिका तथा समाज कल्याण उप शाखा प्रमुख संगीता शाह, अस्तुर्नी चौधरी भगवती डगौरा थारु स्वास्थ्य शाखा खोप बिभाग प्रमुख कृष्ण बटला र सर्वाङिण अपांगता बिकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्टद्वारा सुरुवात गरिएको हो।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरीले यो कार्यक्रम नेपालकै लागि नमूना कार्यक्रम भएको भनेका छन्। यसरी यो कार्यक्रमलाई टिकापुर नगरपालिकामा सञ्चालन गर्न हुने सस्थालाइ हार्दिक धन्यवाद ब्यक्त गरे । साथै नगरपालिकाको तर्फबाट यस्तो महान तथा अनुक्रणिय कार्यक्रम गर्न आउनुहुने संघ सस्थाहरुको लागी नगरपालिका परिवार सधैं तत्पर र सह्योगी भुमिकामा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।