डडेलधुरा। १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहेका नेकपा एमाले डडेलधुराका अध्यक्ष तारा जोशीसहित जिल्ला कमिटीका बहुसंख्यक नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
जोशीलाई डडेलधुरामा आयोजिक कार्यक्रममा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्दैछन् । दस बुँदे सहमतिपछि एमालेकै रहेका अध्यक्ष जोशीसहित ४१ सदस्य नेकपा एसमा प्रवेश गर्न लागेका हुन् । पार्टीको केन्द्र र प्रदेश नेतृत्वले गत पुस ५ गते गठन गरेको जिल्ला नेतृत्वलाई प्राथमिकतामा राखेपछि जोशीसहित नेताहरु असन्तुष्ट रहेका थिए ।
नेतृ सकुन्तला नगरकोटीले भनिन्, पार्टीको जिल्ला अधिवेशनबाट निर्वाचित भएको जिल्ला कमिटीको अध्यक्षसहित ४१ जना सदस्यहरु केही समयपछि हुने कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्दैछौ । ५१ सदस्य जिल्ला कमिटीमा २ जनाको मृत्यु भएपछि ४९ सदस्य थियो, जिल्लामा सक्रियाशील रहेको १६ जना वर्गीय संगठन मध्य १४ संगठनको अध्यक्ष पनि आज एमाले छाड्दै छौँ, उनले भनिन् ।
१० बुँदे सहमति कार्यान्वयन गरेको भन्दै जोशीसहितका डडेलधुराका नेताहरुले गत असोजमा गोदावरीमा भएको विधान महाधिवेशनमा जोशीसहितका नेताहरुले बहिस्कार गरेका थिए । डडेलधुरा जिल्लामा नेकपा माओवादी र एमालेभित्र एकीकरणअघि देखि नै बिबाद रहँदै आएको थियो ।