धनगढी। कैलालीमा बुधबार बिहानै देखिपूर्व-पश्चिम राजमार्गअन्तर्गत लम्की खडकखण्ड अबरुद्ध गरिएको छ। कैलालीमा मंगलबार राती चक्कु प्रहारबाट एक युवकको हत्या भएपछि बुधबार बिहानै देखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको हो ।
लम्कीचुहा नगरपालिका-१ का युवक भुपेन्द्र बडुवालको मंगलबार राति करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको थियो । युवकको चक्कु प्रहारगरी हत्या गरिएपछि आक्रोषित आफन्त र स्थानीयले सडक अबरुद्ध गरेका हुन् । उनीहरुले युवकको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनले घटनास्थलबाट मृतकको मोटरसाइकल र एकथान स्कुटी बरामद गरिएको जानकारी दिए ।