काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज हुने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक दश बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताएका छन्।
बैठक बस्ने दिन रावलले समाजिक सञ्जालमा स्टाटस लेख्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित र गुटबन्दीको नमुना भनेका छन्।आज हुने भनिएको कथित सु.प.प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्।
अपानि १२ झापामा लागु हुने, सुदूरपश्चिममा लागु नहुने किनरु यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि? उनले आज बस्ने बैठकले गर्ने निर्णयसमेत अवैध र अमान्य हुने रावलले चेतावनी दिएका छन्। उनले पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन झापामा लागू हुने, सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्नसमेत गरेका छन्। उनले सुदूरपश्चिमको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि भन्दै आक्रोशसमेत पोखेका छन्।
‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरित छ। यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किनरु यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो किर ?’ सामाजिक सञ्जाल ट्वीटरमा रावलले भनेका छन्।
एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण १० बुँदे कार्यान्वयनमा समस्या आएपछि कार्यदलबाट राजीनामा दिएको पनि उल्लेख गरे। ‘म असफल भएको होइन। पार्टीले विधिवत् निर्णय गरेर त्यसको कार्यान्वयनका लागि निर्देशन जारी गरिसकेको हो तर अख्तियारप्राप्त व्यक्तिहरूबाट दसबुँदे कार्यान्वयनमा तत्परता देखाइएन। बरू त्यो कार्यान्वयन गर्न पर्दैन भनेर पार्टी अध्यक्षले नै औपचारिक अभिव्यक्ति दिनुभयो। त्यसैले त्यो कार्यदलमा बस्नुको कुनै औचित्य नदेखेर मैले छाडेको हो,’ उनले भने, ‘त्यो मैले नसकेर होइन, अख्तियारप्राप्त व्यक्ति र संस्थाले कार्यान्वयन नगर्दा बाहिर भ्रम सिर्जना हुनसक्ने हुनाले मैले त्यसबाट राजीनामा दिएको हुँ।’