धनगढी। एमाले मजदुर विशेष ईलाका कमिटी धनगढी कैलालीको अध्यक्षमा युवा नेता ललित चन्द सर्बसम्मत चयन भएका छन्। सोमबार धनगढीमा आयोजित मजदुर विशेष इलाका कमिटीको प्रथम अधिवेशनबाट चन्द सर्बसम्मत चयन भएका हुन् ।
यस्तै उपाध्यक्षमा गोपाल केसी, सचिबमा शोभा रावल, उप सचिबमा भक्त बहादुर थापा, अम्बीका भण्डारी चयन भएका छन् । यस्तै सदस्यमा बिरेन्द्र सिँह, चित्रा ओझा, राधिका बोगटी, कृष्ण प्रसाद ढुङ्गेल, युवराज पाख्रेल, ज्ञान लामाको ११ सदस्यीय कमिटी बनेको हो ।कार्यक्रममा पुर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट प्रमुख अतिथी रहेका थिए । यस्तै बिशिष्ठ अतिथीमा नेकपा एमाले केन्द्रिय सदस्य राजेन्द्र रावल, जिल्ला उपाध्यक्ष रण बहादुर चन्द, यस्तै जिल्ला सदस्यमा देब बहादुर बम, चुडामणी भट्ट,नेकपा एमाले धनगढी नगर अध्यक्ष रामचन्द्र जोशी तथा उप सचिब झुम अधिकारी लगायतको सहभागिता रहेको थियो ।