काठमाडौं। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने भएका छन्। ५९ जना सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेले आज विश्वासको मत लिने भएका हुन्।
दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री पण्डेले विश्वासको मत लिने पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए। पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ । मुख्यमन्त्री पाण्डेले संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने सक्ने सम्भावना रहेको छ ।
गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद्को समर्थन रहेको छ । मुख्यमन्त्री पाण्डेलाई बहुमतका लागि कम्तीमा ५५ जना सांसद्को साथ आवश्यक छ । आज विश्वाशको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने मुख्यमन्त्री पाण्डेको तयारी छ ।