कञ्चनपुर। कञ्चनपुरमा ७ फिट लामो लोपउन्मुख अजिङ्गर फेला परेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोट दशगजामा उक्त अजिङ्गर फेला परेको हो।
स्थानीयले फेला पारेको उक्त अजिङ्गरलाई सशस्त्र प्रहरी बलले उद्वार गरेको छ। उद्वार गरेर अजिङ्गरलाई कुन्डा सव डिभिजन वन कार्यालय पचकढीयालाई जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले जनाएको छ।