डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटनामा परेको छ। डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका–५ बागबजार र तुफानडाँडाको बीचमा जीप दुर्घटना भएको बताइएको छ ।
से १ ज ६०८ नम्बरको जिप निर्माण व्यवसायी संघको अगाडी बीच सडकमा पल्टिएको हो। जिपमा चालक मात्रै रहेको र उनलाई सामान्य चोटपटक लागेको बताइएको छ । बागबजारतर्फ गइरहेको जीप अनियन्त्रित भएर पल्टिएको स्थानीले बताएका छन् ।