धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रयोगशालामा ४३ नमूना परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
हाल अस्पतालमा ५ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये २ कोरोना संक्रमितको आइसियुमा राखेर उपचार भइरहेको भने २ जना निको भएर घर फकिएका छन् ।