धनगढी। नेपाल परिवार दल सुदूरपश्चिम प्रदेशले जिल्ला तथा प्रदेशको अधिबेशन गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले कार्तिक २४ र २५ गते जिल्ला तथा प्रदेशको अधिबेशन गर्ने निर्णय गरेको नेपाल परिवार सुदूरपश्चिम प्रदेशले जनाएको छ।
आज बसेको बैठकमा परिवार दलका सयोजक खडक नागरी, पार्टीकी नेतृ निर्मला श्रेष्ठ, केन्द्रीय सदस्य शंकर राज ढकाल, सदस्य बिस्नु कुमारी बिके, सीता पाठक सदस्यको सहभागीता रहेको थियो। यस्तै सदस्य मान बहादुर बम, सदस्य इन्द्रा राना, वडा नम्बर १३ का परिवार दलका सभापति बिशाल चौधरी, पिस फोर्सका जिल्ला सयोजक दिनेश राना, पार्टिका वरिष्ठ सल्लाहकार रमा चन्द, एस्पी जिल्ला अध्यक्ष अजय जैरू, बुद्धिजीवी वीर बहादुर नेपाली लगायतका नेता तथा कार्यक्रताको सहभागीता रहेको थियो।