धनगढी : नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको ठूलो दल एकीकृत समाजवादीको प्रदेश कमिटीे बैठकले प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो । प्रदेशको ठुलो दलका हैशियतले सरकारको नेतृत्व गर्नुपर्ने माग पार्टीको केन्द्रिय कमिटिलाई गरेको छ । बिभिन्न प्रदेशमा भागबण्डा भइसकेपनि केही प्रदेशमा भएको आलोपालो सरकार चलाउने सहमतीझैँ यहाँपनि अब समाजवादीले नेतृत्व पाउनुपर्ने पार्टीको तर्क छ ।
नेकपा एमालेका उपाध्यक्ष भिम रावलको पकड रहेको सुदूरपश्चिममा उनि बिरुद्धमै उत्रेर नेकपा एकिकृत समाजवादीको पक्षमा १४ जना प्रदेशसभा सदस्यले सनाखत गरेका थिए । प्रदेशसभामा सबैभन्दा ठुलो दल ४ मन्त्री ३ राज्यमन्त्री सहित सरकारमा छ । दोश्रो रहेको माओवादीको नेतृत्वमा यहाँको सरकार सञ्चालन भइरहेको छ ।
नेकपा एकिकृत समाजवादीले सुदूरपश्चिम सरकारको नेतृत्व गर्नुपर्ने आवाज उठिरहेका बेला प्रदेश कमिटिले निर्णयनै गरेर केन्द्र पार्टीसंग सरकारको नेतृत्व गर्नुपर्ने माग गरेको छ । धनगढीमा सम्पन्न प्रदेश कमिटी बैठकले प्रदेश सरकारको नेतृत्वका लागि केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय गरेको हो । प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने विषयमा बैठकमा छलफल भएको हो ।
हामीले केन्द्रलाई यहाँको नेतृत्व दिनुपर्ने माग राख्ने निर्णय गरेका हौँ नेकपा एस की सुदूरपश्चिम ईन्चार्ज गरिमा शाहले भनिन् ‘यो प्रदेशमा सबैभन्दा ठुलो दल हाम्रो छ त्यस कारणपनि हामीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ ।’ लुम्बिनी प्रदेशमा हाल माओवादी नेतृत्वमा रहेको सरकार केही महिनापछि फेरिएर काग्रेंसले लिने सहमती भएको छ उनले भनिन् ‘हाम्रोपनि त्यही अनुसारको सहमती हुनुपर्छ केही महिनापछि नेकपा एसले सुदूरपश्चिममा सरकारको नेतृत् वगर्न पाउनुपर्ने हामीले भनेका छौँ ।’
यस्तै धनगढीमा सम्पन्न पार्टीको प्रदेश कमिटि बैठकले पार्टीलाई बलियो बनाएर जाने निर्णय गरेको हो । प्रदेश कमिटिलाई पुर्णता दिएको पार्टीले आफ्नो पक्षमा युवाहरुको जनलहर रहेको समेत दावी गरेको छ । जनता सत्य र निस्ठाको पक्षमा रहेको दावी गर्दै एकिकृत समाजवादी पार्टी सुदूरपश्चिममा बलियो बन्ने नेताहरुको भनाई छ । देश र जनताका बिषयमा वकालत गर्दै जनतामाँझ जाने र पार्टीलाई बलियो बनाउने पार्टीले निर्णय गरेको छ ।
पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले सुदूरपश्चिम प्रदेश स्तरिय कार्यक्रता भेला चाँडै हुने बताए । हाम्रो पक्षमा जनलहर राम्रै बढिरहेको छ उनले भने ‘मी जनता माँझ जान्छौँ पार्टीका सबै कमिटिले पुर्णता पाउँछ अनी हम्रो बलियो उपस्थिती हुने छ ।
एकीकृत समाजवादी पार्टीको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अहिले नेकपा माओवादी केन्द्रले गरिरहेको छ । सभामुख बाहेक ५१ सदस्यीय प्रदेशसभामा १४ सांसदसहित एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल छ । प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका १०, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद छन् ।