कैलालीको गौरीगंगा नगरपालिकामा रहेका पूर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकहरुलाई कोरोना विरुद्धको खोप प्रदान गरिएको छ।
कर्डएड, लुथरन बिश्व फेडरेसन नेपाल, दिगो विकास समाज भजनी र सर्वाङ्गीण अपांगता विकास समाज नेपालको संयुक्त साझेदारी र गौरीगंगा नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिएको हो।
नगरपालिकाको ११ वटै वडामा पूर्ण अशक्त र अति अशक्त अपांगता भएका नागरिकहरुको घर दैलोमा गइ कोरोना विरुद्धको खोप, सहायक सामग्री नापजाँच अभियान सम्पन्न भएको अपांगता अधिकारकर्मी नन्दराज भट्टले जानकारी दिए। ५ दिनसम्म सबै वडामा अभियान सञ्चालन गरि करिब २ सय १३ जना अपांगता भएका नागरिक, एकल महिला र जेष्ठ नागरिक लाभान्वित भएको जनाइएको छ।