धनगढी। पुर्व मन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा शनिबारदेखि धनगढीमा हुने दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको तयारी पुरा भएको छ ।
निसर्ग अस्पतालको मुख्य प्रायोजनमा हुने फुटसल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । टेकवहादुर चोखाल फाउण्डेसनको आयोजना र अभि मिडिया ईभेन्ट्स एण्ड स्पोर्टसको व्यवस्थापनमा हुने प्रतियोगितामा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका विभिन्न वडाका गरी १८ वटा टीमहरुको सहभागीता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा धनगढीको वडा नम्बर ३ ए र गोदावरीको वडा नम्बर १० प्रतिस्पर्धा गर्ने भएका छन् । सहभागी टीमहरुलाई दुई समुहमा विभाजन गर्दै प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ। नकआउटका आधारमा हुने प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काग्रेंस सुदुरपश्चिम संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले उद्घाटन गर्नेछन् । प्रतियोगिता तीन दिनसम्म धनगढीको फल्याटल्याण्ड फुटसलमा आयोजना हुने टेकवहादुर चोखाल फाउण्डेसनका अध्यक्ष विनय चोखालले जानकारी दिए।
उनले युवाहरुलाई फुटसलतिर आकर्षण वढाउनका लागि विभिन्न खेलकुद हुँदा हुँदै पनि टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेताले नगद ५० हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद नगद २५ हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछन् । पहिलो संस्करणको विजेताले नगद ३० हजार सहित ट्रफी मेडल तथा उपविजेताले १५ हजार नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेका थिए ।
को हुन टेकवहादुर चोखाल ?
टेकवहादुर चोख्याल नेपाली राजनितिज्ञ र नेपाली काग्रेंसका प्रभावशाली नेताको रुपमा परिचित छन् । नेपाली काग्रेंसबाट २०५६ सालमा चोख्याल साविकको कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । त्यसको ३ बर्षपछि शेरवहादुर देउवा प्रधानमन्त्री हुनुभएका वेला चोख्याल कानुन मन्त्री समेत बनेका थिए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा साविकको कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाली काग्रेंसको तर्फबाट संविधान सभा सदस्यको उम्मेदवार पनि रहेका थिए । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री टेकवहादुर चोख्यालको २०६६ कार्तिक २७ गते काठमाण्डौंमा निधन भएको थियो । चोख्यालका एक श्रीमति दुई छोरा र एक छोरी छन् ।