धनगढी। नेकपा एमाले धनगढी उपमहानगरपालीका ६ को प्रथम अधिबेशनबाट अध्यक्षमा मनिराम भट्ट निर्वाचित भएका छन्।
नेकपा एमालेको कैलालीमा भएको वडा अबिधेशन अन्तरगत धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा भट्ट सहित ४१ सदस्यीय कमिटी सर्बसम्मत गठन गरिएको हो । कमिटीमा उपाध्यक्षमा कैया चौधरी, सचिवमा सत्य राज उपाध्याय, सहसचिवमा मुरलीधर जोशी, सहसचिव विमला धामीलाई चयन गरिएको छ ।