धनगढी। आदिवासी जनजाति आयोगको टोलीले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाइएको छ।
आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगर,आयोगका सदस्य डा.मीन श्रीस मगर, नेफिन सुपका अध्यक्ष दलबहादुर घर्ती मगर, थाकस केस प्रभात चौधरी लगायतद्धारा संयुक्तरुपमा प्रदेश प्रमुख गंगा प्रसाद यादवलाई प्रतिवेदन बुझाएका हुन्।आदिवासी जनजाती संघका प्रतिनिधिहरुले राज्यबाट प्रदान गरिने हक अधिकार, सामाजिक, साँस्कृतीक, पहिचान,आर्थिक तथा राज्यका हरेक क्षेत्रमा समानुपातीक समाबेशिकरण नभएको भन्दै वार्षिक प्रतिबेदन बुझाएका हुन्। थरुहट थारुवान राष्टियमोर्चा कैलालीका संयोजक तथा थारु कल्याणकारी सभा कैलालीका उपसभापती माधब चौधरीले आदीवासी जनजाती आयोग गठन भएको ३ बर्ष बितीसकेपनि आयोगले काम गर्न नसकेको भन्दै आयोगलाई गम्भिर बन्न जोड दिए ।
कैलाली र कञ्चनपुरमा थुप्रै आदीवासी जनजातीहरुको बसोबास रहेपनी अहिलेसम्म आयोगतर्फबाट कुनै एउटा कार्यक्रम नहुनु बिडम्बना भएको उनले सुनाए । उनले भने, आदीवासी आयोगले अहिलेसम्म के के काम गर्यो, कार्यान्वयन के छ, आयोगको बार्षिक प्रतिवेदनमा के उल्लेख छ भन्ने बारेमा सबैलाई थाहा हुनुपर्छ । आदीवासी जनजातीको अधिकारका लागी सबैपक्ष सँग समन्वय गरी बनेका निती नियम कार्यान्वयन गर्न आयोगका अध्यक्षलाई ध्यानाकर्षण गराए ।
यस्तै नेपाल मगर विद्यार्थी संघ, केन्द्रीय समिति सचिव राजु पुनःमगरले संबिधानमा आदीवासीका लागी समाबेशि कोटाहरु छुट्याइएपनी त्यो अझै कार्यान्वयन हुन नसकेको भने । राज्यका बिभिन्न क्षेत्र तथा निकायमा समानुपातीक समाबेशिका कोटाहरु राख्नुपर्ने भएपनी अहिले त्यो कोटाहरु कटौती गरेको भन्दै आपत्ती जनाए । यस तर्फ ध्यान जान जरुरी रहेको उनको भनाई छ । यस्तै प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाउँदै आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगरले आफु पनी सक्दो पहल गरीरहेको बताए । उनले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदनको बारेमा जानकारी दिदै आदीवासीसँगै थारु, मदेशीलाई पनी समानुपातीक समाबेशीकरण,संबिधान सभामा समान प्रतिनिधीत्व,अधिकार सुनिश्चित, स्थानिय सरकारमा ५० प्रतिशत आदीवासी महिला सहभागिता, बासस्थान, उत्पादित बस्तुको बजारीकरणको सुनिश्चितता हुनुपर्ने बताए । यस्तै वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख यादवले वार्षिक प्रतिवेदनमा उल्लेख गरिएका कुराहरुको अध्ययन गरेर प्रदेश र संघिय सरकारलाई ध्यानाकर्षण गराउने जानकारी दिए ।