काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन् । निमोनिया भएपछि मन्त्री झाँक्री वीर अस्पताल भर्ना भएकी हुन् ।
निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए । सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन, सहयोगी तामाङले भने, हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको तामाङले बताए ।